काठमाडौं । अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुतला जलाएको छ । आइतबार प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि क्रान्तिकारीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुतला दहन गरेको हो ।
उनीहरूले विश्वभाषा क्याम्पस हुँदै मसाल जुलुससमेत निकालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागेको छ ।
कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका छन् भने रास्वपाले राजीनामा दिनुपर्ने माग गरेको छ ।