×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राजनैतिक अस्थिरताका कारण देशको आर्थिक क्षेत्र कमजोर भयो : विप्लव

राजनैतिक अस्थिरताका कारण देशको आर्थिक क्षेत्र कमजोर भयो : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले राजनैतिक अस्थिरताका कारण देशको आर्थिक क्षेत्र कमजोर भएको ठोकुवा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशद्वारा आइतबार आयोजित नेपालको वर्तमान अवस्थामा आर्थिक, सामाजिक र राजनैतिक विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।

महासचिव विप्लव सीले विगत १८ वर्षयताकै कमजोर राजनीतिक अवस्था रहेको र यसले देशको अर्थतन्त्रमा नराम्रो असर पारेको बताए। उनले एमाले, कांग्रेस र माओवादीलगायतका दलहरूले आर्थिक रूपमा स्पष्ट मार्गचित्र कोर्न नसकेको बताए ।

महासचिव विप्लव सीले अहिले देशका जनता राजनीतिक र आर्थिक दुवै दृष्टिकोणबाट सन्तुष्ट नरहेको बताउदै दलाल पुँजीवादी र पुरानो अर्थ सम्बन्धका कारण व्यवसायीहरू मारमा परेको र नेपाली विशेषताको समाजवादले मात्र यसको समाधान गर्न सक्ने बताए ।

उक्त कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी र नेकपा पार्टीका पिबिएम तथा कास्की इन्चार्ज आस्था सीको पनि उपस्थिति थियो। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य बहादुर भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष सन्जिप बहादुर कोइरालाले गरेका थिए।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासचिव विप्लव सीले ब्यानर पढेर गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका उद्योगी, व्यवसायी, राजनीतिकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्