×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

हरियो धनियाँमा ९९ प्रतिशत विषादी फेला

हरियो धनियाँमा ९९ प्रतिशत विषादी फेला

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा लगभग शतप्रतिशत मात्रामा विषादी भेटिएको छ ।

काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा हरियो धनियाँमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

प्रतिकृया दिनुहोस्