×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णय अनुसार ती स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर भएको हो । 

यसरी सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका, लेटाङ नगरपालिका रहेका छन् । उपसचिवकै दरबन्दी रहेको भीमेश्वर नगरपालिका मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा जिल्ला समन्वय अधिकृतको समेत सरुवा गरिएको छ । 

त्यस्तै, अधिकृतको दरबन्दी भएका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीको दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, नुवाकोटकै मेधाङ गाउँपालिका,  रहेका छन् । 

त्यस्तै, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत सरुवा गरिएको छ । 

त्यस्तै, जिल्ला समन्वय समिति सिरहा तथा जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतको समेत सरुवा गरिएको छ । 

प्रतिकृया दिनुहोस्