×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

सञ्चारमन्त्रीले चलाए नयाँ बसपार्क पुगेर फ्रि-वाईफाई

सञ्चारमन्त्रीले चलाए नयाँ बसपार्क पुगेर फ्रि-वाईफाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नयाँ बसपार्क पुगेर नि:शुल्क इन्टरनेट (फ्रि(वाईफाई) सेवाबारे जानकारी लिएका छन् ।

बुधबार गंगबुस्थित नयाँ बसपार्क पुगेर उनले त्यहाँ सञ्चालनमा ल्याइएको इन्टरनेट सेवाबारे जानकारी लिएका हुन् ।

मन्त्री खरेलले गत ६ असोजमा मन्त्री नियुक्त भएपछि पहिलो निर्णय नै ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका थिए ।

निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइने बताइएको छ । मन्त्री खरेलको सचिवालयका अनसार, देशका विभिन्न शहरका सार्वजनिक स्थलमा इन्टरनेट सेवा सुचारु गर्ने प्रक्रिया अघि बढेको छ ।

प्रतिकृया दिनुहोस्