×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विराटनगरको बालसुधार गृहमा झडप, एकजना प्रहरी घाइते

विराटनगरको बालसुधार गृहमा झडप, एकजना प्रहरी घाइते

विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।

सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ। सुनारका अनुसार अहिले अवस्था सामान्य छ ।

सुधार गृहमा २४९ जना बालकहरू छन् ।

प्रतिकृया दिनुहोस्