×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला

प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ भनेर दिएको अभिव्यक्तिको बारेमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए । 

मैले सोचेको थिएँ कांग्रेसको बैठकमा प्रधानमन्त्रीको बोलीबारे छलफल हुन्छ । तर, मेरोबारे छलफल भएर मलाई खुसी लाग्यो, उनले भने, पार्टी कहाँ पुगेछ भन्ने थाहा भयो ।

प्रतिकृया दिनुहोस्