×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल भेटियो

५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल भेटियो

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका—६, तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न गएको प्राविधिक टोलीले तीन वटा हिमताल पत्ता लगाएको छ । 

पछिल्लो पटक अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा  तीन वटा हिमताल रहेको पत्ता लगाएको हो ।  यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले तीन वटा भएको पुष्टि गरेको हो । 

साथै उक्त अध्ययन टोलीले हिमतालहरूको विषयमा अध्ययन गरिरहेको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए । 

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् । 

यही जेठ १ गते राती बाढी र सुख्खा पहिरोका कारण तल्लो तटीय क्षेत्र नाम्खा गाउँपालिका–६  तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । हिमताल फुटेकाले बाढी आएको आशंका गरिएको छ । 

बाढी र पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयहरू गाउँभन्दा केही पर एक विद्यालयमा आश्रय लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्