×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

नेपालमा आईफोन १७ किन्ने ग्राहकलाई एडाप्टर, स्क्रिन रिप्लेसमेन्ट र अतिरिक्त वारेन्टीको अफर

नेपालमा आईफोन १७ किन्ने ग्राहकलाई एडाप्टर, स्क्रिन रिप्लेसमेन्ट र अतिरिक्त वारेन्टीको अफर

काठमाडौँ । नेपालमा शुक्रबार लन्च भएको आईफोन १७ सिरिज स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न अफर पाउने भएका छन् । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट नेपालले अफर घोषणा गरेको हो ।

यस अनुसार आईफोन १७ सिरिज खरिद गर्ने ग्राहकलाई २० वाटको ओरिजिनल एडाप्टर र सिल्ड प्रो कम्प्लिमेन्टरी उपलब्ध हुनेछ । सिल्ड प्रो योजनाअन्तर्गत अगाडिको स्क्रिन दुई पटकसम्म रिप्लेसमेन्ट, पछाडिको ग्लास दुई पटकसम्म रिप्लेसमेन्ट र थप एक वर्ष अतिरिक्त वारेन्टी सुविधा पाउने व्यवस्था गरिएको छ ।

त्यति मात्र नभई, आईफोन खरिद गर्ने ११७ जनाले उपहारस्वरूप वाच सिरिज ११ र एयरपड्स ४ जित्ने अवसर पाउनेछन् । तीमध्ये १७ जनाले वाच सिरिज ११ र बाँकी १०० जनाले एयरपड्स ४ पाउने व्यवस्था गरिएको छ ।

ग्राहकले यी अफर प्राप्त गर्नका लागि एप्पलका आधिकारिक रिसेलर तथा स्टोरहरूबाट मात्र फोन खरिद गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्