×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल सुरु

सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल सुरु

काठमाडौँ ।  प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरे र  प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूबिच छलफल सुरु भएको छ । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक र सभामुखबिच छलफल भएको हो ।

बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।  

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस्