×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

महिला क्रिकेट : नेपाल र मलेसियाबीचको दोस्रो खेल आज

महिला क्रिकेट : नेपाल र मलेसियाबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल र मलेसियन महिला क्रिकेट टोलीबीचको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेल आज हुँदैछ । क्वालालम्पुरस्थित वायुमास ओभलमा हुने खेल नेपाली समय अनुसार विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

५ खेलको शृंखलामा मलेसिया १-० ले अगाडि छ । बिहीबार भएको पहिलो खे‍लमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो । नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ ।

त्यसको तयारीका लागि यो शृंखला भइरहेको हो ।

नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर

प्रतिकृया दिनुहोस्