×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अशोक राई नेतृत्वको जसपा कर्णाली अध्यक्ष न्यौपाने माओवादी केन्द्रमा प्रवेश

अशोक राई नेतृत्वको जसपा कर्णाली अध्यक्ष न्यौपाने माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित नेता–कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निवासमा उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले साथै माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको दाबी गरे । उनले पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने पनि बताए ।

माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए ।

सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने उनले विश्वास व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस्