×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला

बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला

विराटनगर । सुनसरीको दुहबीमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ ।

दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र बुधबार बिहान १० बजे दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको हो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत फेला परेका तामाङ उक्त घर बनाउने पेटी ठेकेदार र राई कामदार हुन् ।

शव भेटिएपछि घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको डीएसपी खतिवडाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्