×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समितिको तयारी

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समितिको तयारी

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयारी गरेको छ ।

जसका लागि भोलि समितिको बैठक बोलाइएको छ । ‘सकेसम्म भोलि नभए पर्सी समितिबाट विधेक पास गर्छौं,’ सभापति अम्मर बहादुर थापाले भने ।

बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको छ । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ ।

केही विषयमा टुंगो लाग्न बाँकी छ । बिहीबार बिहान ८ बजे समन्वय उपसमितिको बैठक बोलाइएको छ । शिक्षा समितिका अनुसार, उपसमितिले मिल्न बाँकी विषय मिलाएर दिउँसो १ बजे समितिको बैठकमा लैजाने तयारी छ ।

अब समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले छलफल गरेर पास गर्छ । त्यसपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय प्रकिया पूरा गरेर अगाडि बढ्छ ।

राष्ट्रिय सभाबाट पास भएपछि पुन प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रुपान्तरित हुन्छ ।

निजी विद्यालयको व्यवस्थापन र सञ्चालन, ईसीडी र शिक्षकका माग मुद्दा बढी पेचिलो बनेको थियो ।

गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेका थिए ।

प्रतिकृया दिनुहोस्