×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, पार्टी एकताबारे निर्णय हुने

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, पार्टी एकताबारे निर्णय हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक सुरु भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेसपासँग पार्टी एकताबारे निर्णय, अभियानको समीक्षा, समसामयिक राजनीतिबारे छलफल हुनेछ । सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्याङ्क्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस्