×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सेयर बजारमा सामान्य गिरावट, ७ अर्ब ८१ करोडको कारोबार

सेयर बजारमा  सामान्य गिरावट, ७ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अन्ततः जम्मा २.९५ अंकको गिरावटमा थामिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक २८०४ अंकमा अडिएको छ ।

दिउँसो १२ स् २८ बजे नेप्से २७६३ अंकसम्म झरेको थियो । त्यसपछि सामान्य सम्हालिएको बजार २ स् ५३ बजे २८१८ अंकसम्म पुगेको थियो ।

बजारमा उच्च उतारचढाव हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८१ करोडको भयो । १२१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १० को स्थिर रह्यो ।

बैंकिङ ०.१३, फाइनान्स ०.५८, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बीमा ०.३८ प्रतिशत बढे । विकास बैंक ०.२७, होटल तथा पर्यटन २.३६, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१५, अन्य ०.०३ तथा व्यापार १.१० प्रतिशत घटे ।

३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै झापा इनर्जीको मूल्य १४.०८, गुराँस लघुवित्तको ९.१६ प्रतिशत मूल्य बढ्यो ।

होटल फरेस्ट इनको मूल्य सबैभन्दा धेरै १०.७५ प्रतिशत घट्यो । एसियन हाइड्रोपावरको ८.३८ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ७.८४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन र एसवाई प्यानल छन् ।

प्रतिकृया दिनुहोस्