×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रामेछाप कारागारबाट कैदीबन्दी भाग्ने प्रयास, गोली चल्दा १२ जना घाइते

रामेछाप कारागारबाट कैदीबन्दी भाग्ने प्रयास, गोली चल्दा १२ जना घाइते

काठमाडौँ । रामेछाप जिल्ला कारागारका कैदीबन्दीले  सामूहिक रूपमा भाग्ने प्रयास गरेका छन्। बिहीबार बिहान उनीहरूले सामूहिक रूपमा भाग्न खोजेका हुन्। 

कैदीबन्दी भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ। सेनाले चलाएको गोली लागेर एक दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

उनले कैदीबन्दीले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजेपछि सुरक्षा निकायले  गोली चलाएर नियन्त्रणमा लिएको बताए। उनले भने,भित्रका ताला फोडेर बाहिर गेटसम्म पुग्ने प्रयास गरियो। त्यसपछि सेनाले गोली चलायो। घटनामा १२–१३ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले भने।

उनले घाइते भएकाहरूको उपचार भइरहेको ३ जनाको अवस्था गम्भीर रहेको बताए।  रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। अहिले सबै कैदीबन्दी नियन्त्रणमा रहेका छन्।

प्रतिकृया दिनुहोस्