×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति १० दलको आपत्ति (संयुक्त वक्तव्यसहित)

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति १० दलको आपत्ति (संयुक्त वक्तव्यसहित)

काठमाडौं । १० राजनीतिक दलले निर्वाचन आयोगको ‘राजनीतिक दल स्वमूल्याङ्‍कन कार्यविधिप्रति चासो राख्दै कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको बताएका छन् ।

संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने गरेको १० दलको ठहर छ । दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति साथ कार्यविधि आएकाले अस्वीकार गर्ने विज्ञप्ति मार्फत ती दलले जनाएका छन् ।

‘राजनीतिक दलको मूल्याङ्‍कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने’ व्यवस्थामा प्रस्तावित विषयले राजनीतिक दलको स्वतन्त्रता कुण्ठित गर्दै दलहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेसम्मको खतरा उत्पन्न हुने दश दलको निचोड छ ।

कार्यविधिप्रति असन्तुष्टि राख्दै संयुक्त विज्ञप्ति निकाल्ने दलहरूमा प्रतिपक्ष र सरकारलाई समर्थन गरेका साना दल समेत छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी, र आम जनता पार्टीले विज्ञप्ति निकालेर असन्तुष्टि राखेका हुन् ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति 

 

 

प्रतिकृया दिनुहोस्