×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

नागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् ।

पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायतका नेताले खादामालासहित पार्टीमा भित्र्याएका छन् ।

सो अवसरमा संयोजक प्रचण्डले पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा आफूलाई खुसी र गर्वको महशुस भएको बताए । सह–संयोजक नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे ।

पाठकलाई भित्र्याउँदा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए । युग पाठकको नागरिकताको नाम भने दिपककुमार पाठक हो ।  उनका उर्गेनको घोडा र मांगेना पुस्तक चर्चित छन् ।

पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए । उनले ३५६ भोट पाएका थिए ।

प्रतिकृया दिनुहोस्