×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सुनसरीमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या

सुनसरीमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या

काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ । सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार भएको हो ।

प्रारम्भिक अनुसन्धानबाट उनको भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको थाहा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । आरोपी भारतीय नागरिक हुन् ।

मृतकको टाउकोमा गोली लागेको छ । गोली प्रहारमा संलग्न आरोपी २९ वर्षीय जट फरार छन् । घटनास्थलमा सानो पेस्तोलमा लाग्ने नपड्केको गोली भेटिएको डीएसपी खतिवडाले जानकारी दिए । आरोपीलाई प्रहरीले खोजी रहेको छ ।

प्रतिकृया दिनुहोस्