×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मोटरसाइकल र स्कुटर ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

मोटरसाइकल र स्कुटर ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र  प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई शिक्षक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

उनीहरुका आफन्त सम्पर्कमा आएका छैनन् । एक जनाको सनाखतसमेत नभएकोले आफन्तको खोजी भरहेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ-८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष घाइते छन् ।

पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्