×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिन्धुलीमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते

सिन्धुलीमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते

काठमाडौं सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशा खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

माइक्रो बस चालक गजबहादुर मगरको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।

त्यस्तै, काभ्रे मण्डनदेउपुर–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रबिन तिवारीलाई पनि टाउकोमा चोट लागेपछि उपचारका लागि धुलिखेल पठाइएको छ ।

ठेगाना नखुलेका प्रशान्त केसीको अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ । अन्य घाइतेहरूको उपचार आत्मीय सामुदायिक अस्पताल खाल्टेमा भइरहेको छ । उनीहरूमा अधिकांशलाई सामान्यदेखि मध्यम खालका चोट लागेको चिकित्सकहरूले बताएका छन् ।

प्रहरीका अनुसार झापाका संस्कृति यादव, कल्पना राई, अमेश खड्का, अमृत राना मगर र दिनप्रसाद सिग्देल लगायत घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्