×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

नेपालको सामुदायिक होमस्टे टाइम म्यागेजिनको उत्कृष्ट गन्तव्य सूचीमा

नेपालको सामुदायिक होमस्टे टाइम म्यागेजिनको उत्कृष्ट गन्तव्य सूचीमा

काठमाडौं । विश्वप्रसिद्ध टाइम म्यागेजिनले नेपालको सामुदायिक होमस्टेलाई सन् २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ ।

टाइम म्यागेजिनको मूल्यांकन अनुसार नेपालको सामुदायिक होमस्टेले स्थानीय समुदायसँग पर्यटकलाई जोड्नुका साथै सांस्कृतिक सम्पदा संरक्षणमा पनि योगदान पुर्‍याएको छ ।

नेपालको सामुदायिक होमस्टे सन् २०१२ देखि पनौतीबाट सुरु भएको थियो । पनौतीमा बस्ने एकल महिला मिना कोइरालाले यसको सुरुवात गरेकी थिइन् ।

हाल यो १८ समुदायमा फैलिएको छ र यस मातहत २०० भन्दा बढी होमस्टेहरू सञ्चालित छन् ।

होमस्टेमार्फत् स्थानीय समुदायसँग सिधा सम्पर्कमा आउने पर्यटकहरूले नेपालको दिगो पर्यटन र संस्कृति संरक्षणमा सहयोग पुगिरहेको छ ।

प्रतिकृया दिनुहोस्