×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

काठमाडौँ महानगरपालिकामा नेपाल टेलिकमको ’कर्पोरेट प्याकेज’ लागू हुने

काठमाडौँ महानगरपालिकामा नेपाल टेलिकमको ’कर्पोरेट प्याकेज’ लागू हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सम्पूर्ण वडा कार्यालय र मातहतका कार्यालयहरूमा इन्टरनेट सेवाको स्तरोन्नति गर्ने भएको छ । महानगरले हाल प्रयोग भइरहेको ’डेडिकेटेड लिज लाइन’ को सट्टा नेपाल टेलिकमको ’कर्पोरेट प्याकेज’ जडान गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको सूचना प्रविधि विभागले जारी गरेको पत्रानुसार  महानगरपालिकाको सूचना प्रविधि समिति र नेपाल टेलिकमका अधिकारीहरु बीच छलफल पछि साउन २७ निर्णय भएको हो ।   

महानगरपालिकाको सूचना प्रविधि विभागका विभागीय प्रमुख अनिरुद्र नेपालका अनुसार ‘महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा विगत देखि डेडिकेटेड लिज लाइन प्रयोग हुँदै आएकोमा इन्टरनेटलाई थप सुदृढ र प्रभावकारी बनाउनका लागि  टेलिकमको  कर्पोरेट प्याकेज जडान गर्ने निर्णय भएको हो ।  

नेपाल टेलिकमका प्रतिनिधि र महानगरपालिकाको सूचना प्रविधि विभागका कर्मचारीहरू उक्त प्याकेज जडानका लागि महानगरका सबै कार्यालयहरूमा खटिने भन्दै विभागले परिपत्र गरेको हो । 

महानगरपालिकाले आफ्ना सबै वडा कार्यालय, स्वास्थ्य प्रवर्धन केन्द्र र आयोजना कार्यालयहरूलाई  कर्पोरेट प्याकेज जडान गर्न सहजीकरणको लागि पत्र पठाएको हो ।

प्रतिकृया दिनुहोस्