×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

टी-२० विश्वकप छनोटमा नेपालले यूएईसँग खेल्दै

टी-२० विश्वकप छनोटमा नेपालले यूएईसँग खेल्दै

काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुँदैछन् ।

नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा युएईले कतार र मलेसियालाई हराएर अपराजित रहेको थियो । नेपालले कुवेत र जापानलाई हराएर अपराजित रहेको थियो ।

नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ । यूएई र नेपाल दुवै पछिल्लो समय राम्रो लयमा छन् र टेस्ट राष्ट्रलाई हराइसकेका छन् । त्यसकारण दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

नेपाल र यूएई हालसम्म टी-२०आई मा १० पटक आमनेसामने भएका छन् जहाँ दुवैले ५-५ खेल जितेका छन् । पछिल्लोपटक एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो ।

त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्