×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आम जनसमुदायबाट प्राप्त माया,विश्वास र समर्थनले अत्यन्त उत्साहित बनाएको छ :रेनु दाहाल

आम जनसमुदायबाट प्राप्त माया,विश्वास र समर्थनले अत्यन्त उत्साहित बनाएको छ :रेनु दाहाल

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थन पाइरहेको बताएकी छन् । त्यसले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ ।

‘यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु । यसक्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ,’ उनले फेसबुकमा लेखेकी छन् ।

भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयर पदमा रहँदा आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण स्नेह पाएको उनको बुझाइ छ । निर्वाचनमा सहभागी भइसकेपछि जित हार दुवैलाई स्वीकार गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उनले बताएकी छन् ।

उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताएकी छन् ।
 

प्रतिकृया दिनुहोस्