×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो

रवि लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर,बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ ।

शुक्रबार सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो । 
आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको थियो ।

आदेशको शिर खण्ड (क) चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला भएकोमा त्यसलाई सच्चाएर आदेश कायम गरिएको हो ।

प्रतिकृया दिनुहोस्