×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीको सचिवालय बैठक जारी

माओवादीको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोग समितिको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय पेरिडाँडाँमा जारी बैठकमा एकीकृत समाजवादीसँगको एकताबारे छलफल चल्दैछ ।

नेकपा एकीकृत समाजवादीले शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेको छ । लगत्तै माओवादीको सचिवालय बैठक बसेको हो ।

माओवादीले यसअघि नै केन्द्रीय समितिको बैठकबाट कम्युनिस्ट पार्टीहरूबीचको एकताको लागि निर्णय लिएको थियो । एकीकृत समाजवादीले निर्णय नै गरिसकेको अवस्थामा माओवादीले सचिवालय मार्फत अगाडि बढाउने सर्न्दभमा आवश्यक निर्णय लिन खोजेको हो ।

सचिवालय बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्ड सहितका नेताहरू छन् ।

प्रतिकृया दिनुहोस्