×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

वाणगंगा नगरपालिकालाई नेकपाको ज्ञापनपत्र : अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न माग

वाणगंगा नगरपालिकालाई नेकपाको ज्ञापनपत्र : अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न माग

नेपाल कम्युनिस्ट पार्टी, कपिलवस्तु जिल्ला समितिले वाणगंगा नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक निर्माणका क्रममा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल रोक्न माग गरेको छ। पार्टीले सम्झौताभन्दा बढी उत्खनन गरी राज्यको सम्पत्ति दोहन गरिएको, स्थानीय ऐन नियम र वातावरणीय सन्तुलनको उल्लङ्घन भएको आरोप लगाएको छ।

ज्ञापनपत्रमा अवैध उत्खननमा संलग्नहरूको हिसाबकिताब हुनुपर्ने, दोहोरो डम्पिङ बन्द हुनुपर्ने, ड्युटी समय बाहिर हुने प्राविधिक कार्य रोकिनुपर्ने र कार्यस्थलमा मापदण्ड मिच्ने काम बन्द गर्नुपर्ने माग राखिएको छ। यदि मागहरू पूरा नभए त्यसको जिम्मेवार नगरपालिका स्वयं हुने चेतावनी दिइएको छ। पार्टीले यस विषयमा सञ्चार जगत, नागरिक समाज र आम जनसमुदायलाई पनि ध्यानाकर्षण गराएको छ।

प्रतिकृया दिनुहोस्