×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज आइतबार नेप्से ४.४५ अंकले बढेर २८२४. ९० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५० कम्पनिका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर १४ अर्ब ३२ करोड ९६  लाख ४ हजार ३१५ मा कारोबार भएको थियो । आज होटल्स, लगानीम जीवन बीमा, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै होटल फरेस्ट इनको शेयर ९.३३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी दारम खोला हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर ५.१८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्रीनलाइफ हाइड्रोको ८१ करोड बराबरको कारोबार भएको छ भने रिढी पावरको ६७ करोड ९६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल हाइड्रोको ६२ करोड ५५ लाख कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनिको ५५ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्