×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार चीनको गान्सुमा भेटवार्ता भएको हो । चीन भ्रमणमा रहेकी भण्डारीले गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको नेताहरूले बताएका छन् ।

यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् । भण्डारी गत जेठ १० गतेदेखि चीन भ्रमणमा छिन् । भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल छन् ।

एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट भ्रमण टोलीमा छन् ।

प्रतिकृया दिनुहोस्