बर्दिवास । महोत्तरीको बर्दिवासमा जनपक्षीय पत्रकारिताका लागि आधारभूत तालिम सुरु भएको छ । जनप्रचार तथा प्रकाशन प्रा।लि।ले आयोजना गरेको तालिम शुक्रबार बिहानदेखि सुरु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मधेस प्रदेशका इन्चार्ज अनिल सीले तालिमको उद्घाटन गर्दै मधेसमा जनपक्षीय पत्रकारिता अभावले सामन्तवाद हावी रहेको बताए । उनले मधेसमा विद्यमान सामन्तवादका विरूद्ध कलम चलाउने पत्रकारको अभाव रहेको बताउँदै यो तालिमले पूर्ति गर्नेमा विश्वास व्यक्त गरे ।
तालिममा नेकपा (माओवादी)का पोलिटव्युरो सदस्य देवनारायण सी, केन्द्रीय सदस्य तथा सहिद परिवार शिला सीले तालिमको शुभकामना दिएका थिए । जनप्रचार तथा प्रकाशन प्रा.लि.का सदस्य प्रकाश डुम्रेको अध्यक्षतामा सुरू भएको तालिमको उद्घाटन कार्यक्रमको संचालन जनपत्रकार शोभराज बरालले गरेका थिए ।
तालिमको पहिलो दिन सुचना प्रविधिको विकास, पत्रकारितामा सूचना प्रविधि र उद्घोषणको बारेमा पत्रकार डुम्रे र बरालले प्रशिक्षण दिएका थिए । दुई दर्जन बढी प्रशिक्षार्थी सहभागी तालिम आइतबारसम्म चल्नेछ ।