कालिकोट । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र श्रमिक समुदाय मोर्चा नेपालको सहिद स्मृति गाउँ कमिटीको संयुक्त भेला सम्पन्न भएको छ ।
शुक्रबार सहिद स्मृति वडा नम्बर २ कोटबाडा चौथीकोटमा सम्पन्न भएको भेलाले अनेम संघ (क्रान्तिकारी) को अध्यक्षमा प्रमिता सी र श्रमिक समुदाय मोर्चा नेपालको अध्यक्षमा केशव सीलाई सर्वसहमत चयन गरेको हो ।
अनेम संघ (क्रान्तिकारी)ले प्रमिता सीको नेतृत्वमा २३ सदस्यीय गाउँ कमिटी कमिटी निर्वाचन गरेको छ भने श्रमिक समुदाय मोर्चा नेपाल केशव सीको नेतृत्वमा २१ सदस्यीय गाउँ कमिटी कमिटी निर्वाचित गरेको नयाराम सीले जानकारी दिए ।
भेलाको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा अनेम संघ (क्रान्तिकारी) का उपाध्यक्ष भृकुटी सीले उद्घाटन सत्रमा बोल्दै अहिलेको यो दलाल संसदीय व्यवस्थाले महिला र श्रमिक समुदायको हित नगर्ने भन्दै सबैले हित गर्ने व्यवस्था समाजवादी व्यवस्थाको लागि संघर्ष गर्न आग्रह गरे ।
कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय कोषाध्यक्ष योजना सी, केन्द्रीय प्रतिनिधि सदस्य अखडा सी, पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य अर्जुन सी, पार्टी जिल्ला कमिटी सल्लाहकार सदस्य निर्मल सी, गाउँ कमिटी सेक्रेटरी अरिकल सी, अनेम संघ क्रान्तिकारी जिल्ला उपाध्यक्ष प्रतिमा सी लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।