काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले अमेरिकी सेनाले सैनिक मञ्च टुडिखेलमा परेड खेल्नु आपत्तिजनक भएको बताएका छन् । सोमबार शुभकालिका गाउँपालिकाको वडा नम्वर ७ र ८ मा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले इतिहासमा कहिलै नभएको घटना अमेरिकी सेनाले सैनिक मञ्च टुडिखेलमा परेड खेलेको भन्दै कडा आपत्ति जनाए। उनले एमसीसी गरेर देशलाई विदेशीहरुको परेडखेल्ने ठाउँ बनाएको भनेर विगतमा पार्टीले भनेको कुरा अहिले विस्तारै पुष्टि हुदै गएको बताउउदै भने- ‘हाम्रो देशको स्वाधीनता कायम हुन नदिन ठुलो डिजाईन भएको छ ,नेपाल देशलाई नेपालीको हुन नदिने षड्यन्त्र छ, विदेशीकोे स्वार्थ सिद्ध गर्ने रणनीति अनुसार परेड खेलको छ , हामीले ध्यान पुर्याएनौ भने हामी नेपाली नभई अमेरिकन हुन बाध्य हुनेछौ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देश र जनतामाथि खतरा बढेको भन्दै आसन्न प्रतिनिधि सभा निर्वाचनमा जनताको पार्टी र नेताले जित्नु पर्ने बताए। उनले भने- ‘पटक पटक कालिकोटको जनताले हारे, यो पटक कालिकोटको उत्पीडित बर्गले जित्नु होस, अहिले म तपाईहरुलाई जिताउन आएको हुँ, किसानहरुलाई जिताउन आएको हुँ, म त्यसको प्रतिनिधि नेता हुँ, तपाईले जित्न आफ्नै नेतालाई जिताउनु होला।’
प्रवक्ता प्रकाण्ड सीले १० बर्षीय जनयुद्ध र १९ दिने जनआन्दोलनले मर्म अनुसार गणतन्त्र नभएको र यो दलाल पूँजीपति वर्गको हातमा पुगेको बताउदै कालिकोटका उत्पीडित बर्गले जित्नुपर्ने र आफु जनताको व्यवस्था नहुदासम्म निरन्तर लडिरहने प्रतिबद्धतासमेत जनाए ।