×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताएको छ । यसअघि सर्वोच्च अदालतले मनाङ प्रदेश सभा २ मा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा परेको थियो । 

सोही कारण आयोगले रुपन्देही– ३ को उपनिर्वाचनको मिति तोकेपनि मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण मिति तोकेको थिएन । सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गण्डकी प्रदेश सभा २ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताए । 

‘सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको छ’, भण्डारीले भने, ‘दल दर्ता लगायतका प्रक्रिया छोट्याएर भएपनि कात्तिक १७ गते नै उपनिर्वाचन हुन्छ ।’ यसअघि आयोगले रुपन्देही क्षेत्र नम्बर ३ का लागि दल दर्ता र निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्