×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । बुधबार अपरान्हतिर मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ ।

स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा राति नै महोत्तरीको जानकी एकेडमिक हस्पिटलमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार कालो ज्याकेट लगाएको मान्छेले चलाएको मोटरसाइकलले ठक्कर दिएर भागेका हुन् । ठक्कर दिने मोटरसाइकल र चालकको खोजतालास भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकको खोजी गरी कारबाहीको माग गर्दै स्थानीयले आज कटुधारमा आज बिहान ११ बजेदेखि हाुलाकी राजामार्ग अवरुद्ध गरेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार र प्रहरीबीच भएको वार्तामा दुई दिनभित्र दोषी पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउने शर्तमा सडक अवरुद्ध खोल्न तयार रहेको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्