×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

झापाका तीन स्थानमा तीन जना मृत फेला

झापाका तीन स्थानमा तीन जना मृत फेला

झापा । झापाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँ बस्तीमा शव भेटिएका हुन् । 

अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँ बस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेको जनाइएको छ । 

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । 

प्रतिकृया दिनुहोस्