×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने

नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने भएको छ ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको नेता सन्तोष बुढामगरले जानकारी दिए ।

उनका अनुसार सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।

सभा अगाडि र्‍याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । ‘कम्तिमा १०/१५ हजार जनाको संख्यामा प्रदर्शन र सभा गर्ने तयारी छ,’ नेकपाका नेता बुढामगरले भने ।

उनका अनुसार प्रदर्शन र सभास्थल भने निश्चित भइसकेको छैन । जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाइसकेपछि प्रदर्शन र सभा गर्ने स्थान निश्चित गरिने उनले जानकारी दिए । ‘हाम्रो पहिलो प्राथमिकता त खुलामञ्च हो । तर त्यहाँ सभा हुन छाडेकाले भृकुटीमण्डप, बसन्तपुर, रत्नपार्क, टुँडिखेल कता प्रशासनले अनुमति दिन्छ त्यतै सभा गर्छौं’, बुढामगरले भने ।

यसअघि दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न खोज्दा गृह मन्त्रालयले अनुमति दिएको थिएन । 

प्रतिकृया दिनुहोस्