×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । ‘एजेन्डा त खुलाइएको छैन । तर चैत २३ गतेबाट गभर्नर पद रिक्त रहेकाले नियुक्ति गर्ने सम्भावना छ’, ती मन्त्रीको भनाइ छ ।

महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि गभर्नर पद रिक्त छ  ।

प्रतिकृया दिनुहोस्