×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भोलिदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने

भोलिदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठदेखि रातिको समयमा बन्द हुने भएको छ ।

मलेखु-मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।

डीएसपी हमालका अनुसार निर्माणाधीन उक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको क्रेन प्रयोग गर्नु पर्ने भएकोले सवारीसाधन बन्द गर्नु परेको हो । उल्लेखित ती दिनमा राति १०:३० बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन (अत्यावश्यक सवारी बाहेक) बन्द हुने सूचनामा उल्लेख छ ।

सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिनि र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिनेछ । यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछ ।

ती स्थानमा रोकिने सवारी साधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने सूचनामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्