काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । हिजो बिहिबार प्रतितोला एक लाख ८० हजार ३०० सय पुगेर रेकर्ड कायम गरेको छापावाला सुन आज तोलामा ३ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।