×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस

निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले यो विधेयकको प्रतिवेदन सभामा पेस गरेका हुन् ।

यो विधेयक २१ फागुन २०८० मा आएको थियो । सभामा आएर दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको थियो । सुशासन समितिले दफावार छलफलपछि विधेयक पारित गरेर सभामै फर्काएको छ ।

अब यो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जानेछ ।

प्रतिकृया दिनुहोस्