×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृति/संस्कार

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा आइतबार र सोमवार गरी दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले गौरा पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमी भदौ १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै प्रदेश सरकारले भदौ १६ गते थप एक दिन बिदा दिएको हो । यसअनुसार प्रदेशमा दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश सरकारको राजपत्रमा भदौ १६ गतेको बिदा स्पष्ट उल्लेख गरिएको छ । गौरा पर्व बिहीबारदेखि विभिन्न ठाउँमा धूमधामका साथ मनाइँदै छ ।

प्रतिकृया दिनुहोस्