×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

निष्पक्ष निर्वाचन हुनेमा आशङ्का छ : विप्लव

निष्पक्ष निर्वाचन हुनेमा आशङ्का छ : विप्लव

काठमाडौँ । नेकपा(माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन निष्पक्ष हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले निष्पक्ष निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका हुन् । सरकारले विगतमा भएको तीन बुँदे सहमति कार्यान्वयन नगरेकोप्रति उनले आक्रोश पोखे ।

‘चुनाव निष्पक्ष हुने देखिँदैन । ठुलठुला षड्यन्त्र भइरहेका छन् । हामीसँग भएको तीन बुँदे किन लागु भएन ? केहीलाई लागेको होला विप्लव निर्वाचनमा डराएर रोल्पा गएन । केही साथीहरू त्यही देखेर नै पार्टी छोडे होलान्’, उनले भने, ‘हाम्रो एउटा अठोट छ । कमरेड प्रकाण्डको नेतृत्वमा हामीले १३० स्थानमा उम्मेदवारी दिएका छौँ । जनताले बुझेछन् भने बहुमत ल्याउँला । यो पटक जित्न सकिएन भने एक माघले जाडो जाँदैन । १० वर्ष २० वर्ष पनि सङ्घर्ष गर्नुपर्छ ।’ 

प्रतिकृया दिनुहोस्