काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी बड्स ३ एफई (Buds3 FE) को आगमनको घोषणा गरेको छ । कम्पनीले फ्ल्यागशिप स्तरका सुविधासहित एक आकर्षक र इन्टेलिजेन्स वायरलेस इयरबड्स ल्याउन लागेको हो ।
नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक ब्लेड डिजाइन सहितको यो बड्स ३ एफईले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियोमा नयाँ सुरुवात गरेको छ । यो डिभाइस नजिककैका सामसङ स्टोरमा १९ हजार ९९९ मा उपलब्ध छ ।
ग्यालेक्सी बड्स ३ एफईलाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधा प्रदान गर्नेगरी इन्जिनियरिङ गरिएको कम्पनीले जनाएको छ । ठुलो स्पिकर, एड्भान्स एक्टिभ नोइज क्यान्सलिङ (एएनसी) र क्रिस्टल क्लियर कल प्रविधि रहेको यो इयरबड्सले मसिन लर्निङद्वारा होहल्लायुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ । यसका साथै यी इयरबडहरूले गहिरो ध्वनि र स्पष्ट सञ्चार सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुने गरी डिजाइन गरिएका बड्स ३ एफईले अटो स्विचलाई समेत सपोर्ट गर्छन् । जसले गर्दा ग्यालेक्सी डिभाइसहरू बीच एक अर्कोमा छिटो परिवर्तन गर्ने अनुमति मिल्छ ।
साथै एपरहित नियन्त्रण र तीव्र कनेक्टिभिटीका कारण सङ्गीत सुन्ने, कल गर्ने लगायतका कार्यमा यसले सहजता प्रदान गर्छ । सामसङ नेपालका एमएक्स डिभीजनका डाइरेक्टर प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी बड्स ३ एफई मार्फत हामी ग्यालेक्सी एआई स्मार्ट अडियोको शक्ति आकर्षक डिजाइन र पहुँचयोग्य रूपमा अझ बढी प्रयोगकर्तासम्म पुर्याउँदैछौँ । बिना सम्झौता सुन्ने, अन्तरक्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्नका लागि हो ।”
ग्यालेक्सी बड्स ३ एफई अहिले देशभरका आधिकारिक सामसङ खुद्रा स्टोरहरूमा उपलब्ध छन् । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडबाट सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो ईएमआई विकल्प सहित यी नयाँ डिभाइस प्राप्त गर्न सक्नेछन् ।