×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो गएको छ । पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यसपटक पहिरोले इकुमा मात्र चारपटक सडक अवरुद्ध भइसकेको छ । यसअघि पनि पहिरोका कारण गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।
 

प्रतिकृया दिनुहोस्