×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी खोल्ने

जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी खोल्ने

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् । शुक्रबार सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्न लागेको जनाएका हुन् ।

जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ । तर उनले पार्टी खोलेपनि अहिलेकै अवस्थामा निर्वाचनमा नजाने दाबी गरेका छन् ।

‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,विदेशमा भएका नेपालीले भोट गर्ने सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण गर्न नागरिकस्तरको बडी नबनेसम्म हामी निर्वाचनमा जानेवाला छैनौँ’, भिडियोमार्फत उनले भनेका छन् । त्यसैले उनले आमूल परिवर्तन ल्याउन डटेर शान्तिपूर्ण लाग्ने र पार्टी गठन गर्न वार्ता समिति गठन गरेको पनि बनाएका छन् । कात्तिक १ गते प्रेसमिट गरेर यसबारे थप जानकारी दिन लागेको ढुङ्गानाले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्