काठमाडौँ । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।
प्रधानमन्त्रीसहित नेपालबाट भएको भ्रमण टोलीले आज बिहान उक्त क्षेत्रको अवलोकन गरेको हो । यसअघि प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।