काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादी रहेको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले अन्यलाई दोष दिएर माओवादी उम्किने ठाउँ नभएको स्पष्ट पारे ।
‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिस्टहरूको दोष छ । मुख्य दोषी माओवादी हो । मैले प्रचण्डसँग भनेको छु–आजको राजनीति यति भ्रष्टीकरण र लथालिङ्ग हुनु । बलिदानी गर्ने, क्रान्तिकारी अपमानित हुने ठाउँमा पुर्याउनेमा सबैभन्दा बढी दोषी माओवादी छ’, उनले भने, ‘त्यसकारण अरूलाई दोष दिएर उम्किने ठाउँ छैन । हामीले आफ्ना विचार, वर्ग, आदर्शलाई छोडेर अर्कोलाई दोष दिन पाउँछौँ ? २०५७ सालका कम्युन कहाँ गए ? बैंकका पैसा कता गए ? हस्पिटल कता गए ? त्यो जनता र कार्यकर्ताको कारणले होइन जनताको कारणले हो ।’