×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

त्रियुगा नदीको बाढीले बगायो बस

त्रियुगा नदीको बाढीले बगायो बस

काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्‍याएर फर्किएको बस बगाएको छ । सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नं. को बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो ।

इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताए ।

उनले भने, ‘यो बस सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर फर्किने क्रममा थियो। तर दिउँसोदेखि नै पानी परेकाले त्रियुगा नदीमा बाढी आएको थियो। बस राति ११ बजे जन्ती पुर्‍याएर फर्कने क्रममा बीच नदीमै फस्यो।’

असई मेहताका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ । न्‍यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान-बेल्टार रूटमा चल्‍ने गरेको असई मेहताले बताए ।

प्रतिकृया दिनुहोस्